खाेज्नुहाेस

थप ९६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

Image

काठमाण्डौं – पछिल्लो २४ घन्टामा मुलुकभर थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ४२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

navjiwan hospital

यससँगै हालसम्म मुलुकभर ८ लाख ९१ हजार २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

attariya hospital

यस दिन १ हजार १ सय १४ संक्रमित उपचारपछि निको भएका छन् । यससँगै मुलुकभर ७ लाख ७१ हजार ३३८ संक्रमित निको भएका छन् । यस दिन ६ संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म ११ हजार १ सय ८० संक्रमितको मृत्यु भएको छ ।