खाेज्नुहाेस

टिकटक बन्यो सबैभन्दा बढी डाउनलोड गरिने एप

Image

काठमाडौं – टिकटकका मासिक सक्रिय प्रयोगकर्ता १ अर्ब नाघेका छन् । गत वर्ष पहिलो पटक टिकटकले फेसबुकलाई उछिनेर सूचीको शीर्ष स्थानमा उक्लिएको छ ।

navjiwan hospital

‘मासिक रुपमा विश्वका १ अर्बभन्दा बढी प्रयोगकर्ता अब टिकटकमा जोडिएका छन’, कम्पनीलेले ब्लगमा भनेको छ, ‘जहाँबाट उनीहरूले सिक्ने, हाँस्ने र केही नयाँ जान्ने अवसर पाएका छन् । हामी यति धेरै प्रयोगकर्ताको घर, साना साना व्यवसायीको बिजनेश प्लेटफर्म, सेलिब्रेटीको आफ्ना फलोअरसँग भेट्ने माध्यम हुन पाउँदा खुशी छौं ।’

attariya hospital

टिकटक अहिले विश्वमा सबैभन्दा डाउनलोड गरिने एपहरुको सूचीमा एक नम्बरमा छ । अहिलेसम्म विश्वव्यापीरुपमा यो एप २ अर्बपटक डाउनलोड गरिएको छ । एप ट्रेस नामक वेबसाइटका अनुसार टिकटक एप अहिले विश्वका १४१ ओटाभन्दा बढी देशमा उपलब्ध छ ।

यीमध्ये १३५ ओटा देशमा यो सर्वाधिक लोकप्रिय एपका रुपमा रहेको छ । सामाजिक सञ्जालमा गरिने पोष्टमा सबैभन्दा बढी इंगेजमेन्ट हुने टिकटकमा नै हो ।