खाेज्नुहाेस

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

Image

बैतडी – बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन । मौसममा आएको परिवर्तन संगै जिल्लाका बिभिन्न अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढेका हुन । भाइरल ज्वरोका बिरामी बढेसंगै जिल्ला अस्पताल बैतडीमा पनि बिरामीको संख्यामा वृद्धि भएको छ ।

अस्पतालका प्रमुख डा. वशन्तराज जोशीका अनुसार हाल अस्पतालमा दैनिक भाइरल ज्वरोका ६० भन्दा बढी बिरामी आउने गरेका छन ।

attariya hospital

उनले भने, ‘केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।’

navjiwan hospital

यस्तै‚ श्रीकोट स्वास्थ्य चौकीमा पनि उपचारका लागि आउने बिरामीमध्ये अधिकांश ज्वरो र रुघाखोकीका हुने चौकीका प्रमुख वीरसिंह भाटले बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकीका छन् ।’

मौसम आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेको डा. जोशीको भनाइ छ । ‘निषेधाज्ञा खुकुलो भएको छ, बजार क्षेत्रमा भीडभाड बढ्यो, मास्क लगाउनेको संख्यामा कमी आएको छ, यसले पनि ज्वरोका बिरामी बढेका हुन‚’ उनले भने, ‘मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।’

वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धिकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा. जोशीले सुझाव दिएका छन् ।