खाेज्नुहाेस

मेलौलीमा साहित्यिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Image

बैतडी – बैतडीको मेलौलीमा विजया दशमीको अवसरमा साहित्यिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार आयोजित कार्यक्रममा साहित्यिक रचना वाचन, साङ्गीतिक प्रस्तुति तथा पुस्तक प्रदर्शनी गरिएको थियो।

attariya hospital

साहित्यकार कर्ण दयाल सोराडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलौली नगरपालिकाका पूर्वनगरप्रमुख कृष्ण सिंह नायक प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा राष्ट्रिय कलाकार मनोहर परियार, साहित्यकार महादेव ओझालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

navjiwan hospital

कार्यक्रममा लाली दयाल शास्त्रीले छन्दकविता, चन्द्रकला साउँदले कविता तथा गजल, बालकवि रक्षा ओझाले कविता, चन्द्रप्रकाश ओझाले गजल, गरिमा दयालले कथा र महादेव ओझाले छन्दकविता वाचन गरेका थिए।

त्यसैगरी राष्ट्रिय कलाकार मनोहर परियार, बलदेव दयाल र राजेन्द्र कान्त दयालले साङ्गीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा साहित्यिक कृतिहरूको प्रदर्शनीसमेत गरिएको थियो।

कार्यक्रममा केशव दत्त भट्ट, वडा अध्यक्ष लोकमणी भट्टलगायतले विजया दशमीको शुभकामना व्यक्त गरेका थिए। प्रमुख अतिथि नायकले यस्ता कार्यक्रमले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रमको सञ्चालन देवेन्द्र भट्टले गरेका थिए भने स्वागत मन्तव्य भीमसिंह धामीले राखेका थिए।

हरेक वर्ष विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान, साहित्यिक भेटघाट, साङ्गीतिक प्रस्तुति तथा देउडा खेलसमेत आयोजना गरिँदै आएको कार्यक्रमका सभाध्यक्ष कर्ण दयाल सोराडीले बताए। उनले आगामी वर्षहरूमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए।