
तिम्रो त्यो निस्कलन्क आत्मा मौन
भैरहेको बेला
मेरो मनमा अनेकौ तरंगहरू तैरीएको
महसुस भयो रे
केहि अन्जान प्रस्तावहरू पेस हुँदा पनि
तिम्रो र मेरो रोमियो र जुलियटको कथा
लेखीएको पबित्र पानाहरूमा
कताबाट जन्जिरले घेरीएको तिम्रो
त्यो नरम पनलाइ कहिल्यै न छोड्ने
छप्लाङ पार्यो रे
तर यहि मनमा ठूला ईतिहास र घोषणा पत्र
लेखीएका छन् जसमा प्रतिवेदन लेखीएका छन
कैयौ कथा प्रेमी प्रेमीकाले लेखेका रे
कैयौ बिद्वानहरूले एसैमा लेखीएको अक्षर
पढेको रे
तिमी जे गर तिम्रै अधिकार
दैनिक हिसाब किताब कसैको जरूरी नम्बर,
तिम्रा अतितको घटनाको वर्णन
तिम्रो दैनिकी कसैको जन्म दर्ता
अनि कसै संगको बिछोडको पीडामा बहेका भावना..
म तयार छु तिमी लेख
त्यसैले
तिम्रा काबु भएका मनहरूलाई
विसाउने चौतारी हुन तयार छु
मन भित्रबाट बगेका आशुहरू
पुछ्नका लागि तयार छु
म कागज
तिमीले जहिले चाह्यो तेहिले
प्रयोग गर
म तिम्रो प्रेमको प्रतिनिधि, प्रतिनिधि सम्झनामा
केहि अक्षरहरू कोर
तिम्रो बाधिएको मनलाई खोल ।
– डिल्ली रमण जोशी / जोरायल – ३, डोटी



















