खाेज्नुहाेस

कैलाली र कञ्चनपुरबाट १ लाख ६३ हजारका सामान बरामद

Image
file photo

अत्तरिया – कैलाली र कञ्चनपुरबाट प्रहरीले १ लाख ६३ हजार ३०० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

navjiwan hospital

कैलाली जिल्लाका विभिन्न स्थानबाट सोमबार प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका १ लाख २९ हजार ३०० रुपैयाँ बराबरका सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा सुर्ती, सलाई, सुकेको मटर, डिजाइनिङ लेस, कपडामा प्रयोग हुने बुट्टा र बोयलर कुखुरालगायतका सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

attariya hospital

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बनगाउँबाट ३४ हजार रुपैयाँ बराबरका झ्याल र ढोकाका पर्दा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो भारतबाट भन्सार छली गरी ल्याइएका ती सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।