खाेज्नुहाेस

गजल

Image

गुराँस राम्रो हुन्छ कि मखमली, जान्दिन।
म तुलना गर्न कमजोर छु अलि,जान्दिन ।।

दुनियाँ सलाई बनेको छ अरुलाई जलाउन
मैनबत्ती किन सेवा गर्छ आफू जलि,जान्दिन ।

attariya hospital
navjiwan hospital

जसले पसिना छर्छ माटोमा जीवन उमार्छ
फेरि उसैलाई किन भन्दछन् हलि, जान्दिन ।

पुजारी ज्यु! मलाई नी यौटा जवाफ दिनुहोस्
कसरी पुण्य मिल्छ चढाएर बलि ,जान्दिन ।

छिट्टै सफल हुनुभयो जीवन जान्न बधाई छ
म अझै यसको लय जान्दिन, ‘पैतली’ जान्दिन ।

पैतली (डोटेली शब्द) – देउडा खेल्दा मिलाईने खुट्टाको चाल ।।