बझाङ – लगातारको वर्षाका कारण पहिरो खस्दा बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका –३ स्थित देवलमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।

स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको र केही बेरमै सडक सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

















