खाेज्नुहाेस

बझाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

Image
सांकेतिक फोटो

बझाङ  –  १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बझाङमा एक जना पक्राउ परेका छन्।

navjiwan hospital

पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–४ रन्थोलीका २५ वर्षीय बरुण जोशी रहेका छन्। उनीविरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

attariya hospital

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।