अछाम – भालुको आक्रमणबाट अछाममा सामुदायीक बनका बनरक्षक घाइते भएका छन ।

जिल्लाको कमलबजार नगरपालिका – ६ बिरपथ डुप्केका देबिराम ढकाल घाइते भएको प्रहरीले जनाएको छ ।

बुढाखोला सामुदायिक वनका रक्षकसमेत रहेका ढकालको अनुहारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।



















