बैतडी – बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका – ५ स्थित भित्रि सडकखण्डमा से२त २५८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका –५ का ३१ वर्षीय राज बहादुर चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमका अनुसार मृतक चन्द ट्रयाक्टरका सहचालक रहेका र ट्रयाक्टरमा सवार सोही ठाउँका ३५ वर्षीय डम्बर चन्द सामान्य घाइते भएका छन ।
ट्रयाक्टर चालक डडेल्धुराको परशुराम नगरपालिका – ५ का ४७ वर्षीय मान बहादुर ठगुन्नालाई इलाका प्रहरी कार्यालय पसदेही मेलौलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

















