खाेज्नुहाेस

कैलाली ४ को विकासका लागि अहोरात्र लागिपर्ने छु : सांसद कोइराला

Image

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले यस क्षेत्रको विकासका लागि अहोरात्र लागिपर्ने बताएका छन् । शनिवार अत्तरियामा आयोजना गरिएको धन्यावाद तथा भेटघाट कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारबाट जनताले गरेका आशा पुरा गर्नको लागि अहोरात्र लागिपर्ने बताए हुन ।

उनले गोदावरीबाट अपेक्षा गरेको भन्दा बढी मत पाएको बताउँदै त्यसका लागि धन्यावाद ज्ञापन गरे । उनले गौरीगंगा, चुरे, मोहन्यालको वडा नम्बर ५ बाट पनि उल्लेख मत प्राप्त भएको बताउँदै समानुपातिक तर्फ प्रत्यक्ष भन्दा समानुपातिकमा बढी मत दिएकोमा पनि धन्यावाद ज्ञापन गरे ।

attariya hospital

उनले आफू सांसदमा निर्वाचित भएपछि गेटा विश्वविद्यालय सञ्चालनको सुनिश्चितता गर्न सफल भएको बताए । उनले गेटा विश्वविद्यालयका लागि २ अर्ब ५८ करोड रकम सुनिश्चित भएको बताए । उनले कैलाली र कञ्चनपुरमा रहेको छाडा चौपायाको समस्या समाधानका लागि यस क्षेत्रका सांसद मिलेर संघीय सरकारको सहयोगका लागि संयुक्त रुपमा आह्वान गरिएको बताए ।

उनले थारु जातिमा लाग्ने सिकिसेल एनिमियाको एक पटक सबैको परीक्षण गर्ने व्यवस्थाका लागि पनि छलफल अगाडि बढाएको बताए । उनले दाङ देखि कञ्चनपुरका सांसद बिच छलफल गरेर भलमन्सा प्रथा र बढघर प्रथालाई कानुनी मान्यता दिन एक ठाउँमा उभिएको बताए । उनले सुदूरपश्चिम किन बनेन भन्ने निष्कर्षमा पुगेर संयुक्त रूपमा छलफल गर्ने परम्परा स्थापना गरिएको बताए ।

navjiwan hospital

कार्यक्रममा बोल्दै समानुपातिक सांसद करिष्मा कठरियाले यस क्षेत्रको भौतिक पूर्वाधार शिक्षा, युवा बेरोजगारी, भूमि, किसानका समस्या समाधानका लागि छलफलमा रहेको बताइन । जनताको समस्या समाधानका लागि अहिले सरकारका मन्त्रीहरू अहोरात्र खटिएर लागेको उनले बताइन ।

उनले जनताका समस्या जति बेला पनि समाधान गर्नको लागि प्रतिबद्ध रहेको बताउँदै भाषण भन्दा पनि काम गर्न आएकाले कामद्वारा नै सरकारको अनुभूति गराउने आफूहरूको चाहना रहेको बताइन् ।