खाेज्नुहाेस

दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्री सुधन गुरुङले दिए स्पष्टिकरण

Image

विवादित व्यक्ति दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्री सुधन गुरुङले स्पष्टिकरण दिएका छन् । विवादित व्यक्तिसँग लिएको शेयर सम्पत्ति विवरणमा पनि सार्वजनिक नगरेको भन्दै आलोचना खेपेपछि गुरुङले लामो स्टाटस् लेख्दै साझेदारीबारे बोलेका हुन् ।

‘विवादित व्यक्तिसँग साझेदारी भनिएको छ । एउटै कम्पनीमा सयौँ–हजारौँ शेयर होल्डर हुन्छन् । शेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन । यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन,’ सुधनले लेखेका छन्, ‘त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन् । के ती सबै साझेदार वा दोषी हुन् त ? प्रश्न सरल छ, शेयर होल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु ?’

attariya hospital
navjiwan hospital

अर्थ मन्त्रालयअन्तर्गको सम्पत्ति शुद्धिकरणले छानबिन गरिरहेकोले यसमा गृहको दबाब र प्रभाव नपर्ने उनको भनाइ छ ।

‘स्वार्थ माझिने सम्बन्धको आरोप पनि उठाइएको छ । तर, यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालयअन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो, र सोही निकायले प्रक्रियाअनुसार विषय हेरिरहेको छ,’ उनले लेखेका छन्, ‘यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन । यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन ।’