काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा समूह छोड्ने क्रम सुरू भएको छ।
नेपाली कांग्रेसमा मध्यमार्गीका धारका रुपमा परिचित कोइराला परिवारका नेताहरूले देउवा समूह छाडेका हुन् । उनीहरू आइतबार दिउँसो धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा जारी देउवा समूहको बैठकमा सहभागी भएनन्।

विशालनगरस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार बिहान भएको छुट्टै भेलापछि मध्यमार्गी धारका यी नेताहरू गगनलाई सभापति स्वीकार्दै मिसिने निर्णयमा पुगेका हुन्।

उक्त भेलामा डा. शेखर, कोइराला परिवारका अर्का नेता डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज गुरूङ पनि सहभागी थिए ।
‘उक्त भेलाबाट हामीले सर्वोच्चको फैसला स्वीकार्दै अघी बढ्ने निष्कर्ष निकालेका छौँ । हामी पार्टी फुट र थप क्षयीकरणको पक्षमा छैनौँ’, नेता गुरूङले भने, ‘अहिले पनि हामी एकताकै पक्षमा रहेका नेताहरूसँग छलफलमा छौँ । कांग्रेसलाई एक बनाएर लैजानुपर्ने कुरामा हामीबीच एकमत छ ।’
धनराजकै पहलमा बसेको उक्त भेलामा यी तीन शीर्ष नेतासहित अन्य केन्द्रीय सदस्य र सांसदहरू पनि रहेको खुलेको छ। धनराजले नै लामो समयदेखि अलग अलग हिँड्दै आएका शेखर र शशांकलाई जुटाएर कोइराला परिवारलाई कांग्रेसमै उभ्याएका हुन् ।
‘


















