खाेज्नुहाेस

गगनले कांग्रेसको मान्यता पाएपछि देउवा टिमबाट शेखर समुह विभाजित

Image

सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेको शेरबहादुर देउवा पक्षले छुट्टै रणनीति बनाउन छलफल थालेका छन् । कांग्रेसमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुढानीलकण्ठस्थित निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक सहभागी छन् । बैठकमा शेखर कोइराला समूहका नेता सहभागी छैनन् ।

attariya hospital
navjiwan hospital

खड्काले आइतबार १४औँ महाधिवशेनकाबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक धुम्बाराहीको स्मार्ट होटलमा सवा १२ बजेका लागि राखेका छन् ।

सो बैठकमा पनि शेखर समूह नजाने भएको छ । पूर्वउपसभापति धनराज गुरुङले आइतबार बिहान ८ बजे शेखर समूहको छुट्टै बैठक राखेका छन् । उनीहरूले खड्काले बोलाएको बैठकमा नजाने बताएका छन् ।

शेखर समूहले गत १७ चैतमा राखेको १४औँ महाधिवेशनको केन्द्रीय समिति सदस्यहरूको बैठकलाई अनौपचारिक हुनुपर्ने भनेपछि भेलाको रूपमा राखिएको थियो । सो भेलामा पूर्णबहादुरसँगै अग्रभागमा शेखर कोइराला बसेका थिए । उनले पार्टी एक बनाउन लाग्ने भनेर अभिव्यक्ति दिँदै आएका छन् ।