खाेज्नुहाेस

एक हजार किलोमिटर लामो क्वान्टम सञ्चार नेटवर्कको सफल प्रदर्शन

Image

भारतले आफ्नो ‘नेशनल क्वान्टम मिसन’अन्तर्गत एक महत्त्वपूर्ण सफलता हात पार्दै १,००० किलोमिटर लामो क्वान्टम सञ्चार नेटवर्कको सफल प्रदर्शन गरेको छ । आठ वर्षमा २,००० किलोमिटरको लक्ष्य राखिएकोमा मिसन शुरू भएको दुई वर्ष नपुग्दै आधा लक्ष्य पूरा हुनुलाई ठूलो उपलब्धि मानिएको छ । स्वदेशी प्रविधिमा आधारित यो नेटवर्क ‘क्यु-नु ल्याब्स’ नामक स्टार्टअपले विकास गरेको हो ।

navjiwan hospital

विज्ञान तथा प्रविधि विभागका सचिव डा. अभय करन्दिकरले यसलाई ऐतिहासिक प्रगति भन्दै यसले भारतलाई सुरक्षित सञ्चार प्रविधिमा विश्वकै अग्रणी स्थानमा पुर्‍याएको बताए । यो प्रविधि विशेष गरी रक्षा, वित्तीय प्रणाली र अन्य संवेदनशील पूर्वाधारहरूको सुरक्षाका लागि अत्यन्त सुरक्षित मानिन्छ। यसको विशेषता यो छ कि यसले जमिनमुनि र पानीमुनि समेत काम गर्न सक्छ।

attariya hospital

क्वान्टम सञ्चार प्रविधिमा हुने इन्क्रिप्शनलाई तोड्न असम्भव जस्तै हुने भएकाले यसले राष्ट्रिय सुरक्षा र डाटा सुरक्षालाई मजबुत बनाउनेछ। ‘फ्री-स्पेस’ प्रविधिमा आधारित भएकाले यसका लागि अप्टिकल फाइबर बिछ्याइरहनु पर्दैन, जसले गर्दा यो कम खर्चिलो र कठिन भूगोलमा पनि सहजै जडान गर्न सकिन्छ।

यो सफलताबाट उत्साहित हुँदै सरकारले क्वान्टम मिसनअन्तर्गत स्टार्टअपहरूको सहयोगलाई पनि विस्तार गरेको छ। अब १७ वटा स्टार्टअपहरूले यस क्षेत्रमा काम गर्नेछन्, जसले क्वान्टम बायो-सेन्सर, फोटोन सेन्सिङ र एटोमिक मेमोरी जस्ता आधुनिक प्रविधिहरूको विकास गर्नेछन्। सन् २०२३ मा करिब ६,००३ करोड भारुको बजेटसहित सुरु गरिएको यस मिसनले भारतको आर्थिक र प्राविधिक विकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ।