खाेज्नुहाेस

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक 

Image

काठमाडौं  – प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

attariya hospital

जसमा प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् ।

उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् ।

navjiwan hospital

सार्वजनिक भएको विवरण अनुसार, प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ ।

सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसैबिच गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको छ । सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ । उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ ।

यसैबिच अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् । उनको ललितपुरको सानेपामा अपार्टमेन्ट २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् ।

उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।