काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जातकै आधारमा धेरै दलितहरू मारिएको बताएका छन् । सोमबार (चैत २३) बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“रुकुमको सोतीमा नवराज विकसहित ६ जना युवाको हत्या भयो । एकजना होइन, दुईजना होइन, ६ जना युवाको हत्या भयो । मनवीरे सुनारको हत्या भयो । शम्भु सदाहरूको हत्या भएको छ,” उनले भने, “म्याग्दीमा मीना परियार, हालै इनिशा विकको बलात्कार र हत्या भएको छ । दलित उतापिट्ट लास बनेर बसेको छ, दलित यतापट्टि दास बनेर बसेको छ ।”

सुनारले रास्वपा सभापति रवि लामिछानेले दलित समुदायप्रति मागेको माफीको प्रशंसा समेत गरे ।



















