नेकपा एमालेका सांसद ऐन महरले पूर्वसरकार प्रमुखमाथि प्रतिशोधको व्यवहार नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध नै साध्ने हो भने ’डोको सुरक्षित राख्न’ चेतावनी दिए ।

उनले मौजुदा सरकार पनि पूर्व हुने र प्रतिशोधको पुनरावृत्ति हुनसक्ने चेतावनी दिएका हुन् । यस प्रकारको पूर्वाग्रह र प्रतिशोधको राजनीतिक बन्द गरिनुपर्ने उनको भनाइ छ ।

‘पूर्वाग्रह र प्रतिशोधको राजनीति लोकतन्त्रको शत्रु हो। लोकतन्त्रलाई बलियो र सुदृढ बनाउने हो भने पूर्वाग्रह र प्रतिशोधको कुनै पनि स्थान हुनु हुँदैन ।
कानुनी शासन स्थापना गर्नका लागि पनि नागरिकलाई समान व्यवहार गर्नुपर्छ । पूर्वसरकार प्रमुखमाथि पूर्वाग्रह साध्ने हो भने डोको सुरक्षित राख्नुहोला। तपार्ईंहरू पनि पूर्व हुनुहुन्छ,’ उनले भने ।



















