धनगढी – राष्ट्रियसभा उपाध्यक्षका लागि नेकपा एमालेबाट लीला भण्डारीले मनोनयन दर्ता गराएकी छिन । कांग्रेस एमाले, मदेश केन्दीत दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति अनुसार भण्डारीले मनोनयन दर्ता गरेकी हुन ।

गत माघ ११ मा भएको निर्वाचनमा भण्डारी सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६४ मा कैलालीबाट संविधानसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित थिइन् ।

२०७० मा सोही निर्वाचन क्षेत्रमा उम्मेदवार रहेकी उनी शेरबहादुर देउवासँग पराजित भएकी थिइन् । उनी त्यतिबेला माओवादीमा थिइन् ।



















