खाेज्नुहाेस

समीक्षा बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन

Image

नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ।

उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेका थिए। उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो।

attariya hospital
navjiwan hospital

थापाको उपचारका क्रममा निधन भएको हो। उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ।

बिहीबार एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक राखिएको थियो। बैठकमा उनले करिब १० मिनेट बोलेको एमाले नेताहरूले बताएका छन्।

थापा गण्डकी प्रदेशका पूर्व सांसद हुन्। उनी २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।