काठमाडौं – फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक जित हात पारेको रहेको छ। गणना जारी रहेको अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ।

यो समाचार तयार गर्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ९४ सिट, कांग्रेसले १४ सिट, एमालेले ७ सिट, नेकपाले ५ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट जितेका छन्।

रास्वपा ३१ सिटमा अग्रता लिँदा एमाले, कांग्रेस र नेकपा लगभग २,४ र २ सिटमात्र अग्रता लिएका छन्।




















