डडेल्धुरामा मतगणना सुरु भएको छ । परशुराम नगरपालिकाबाट मतगणना थालिएकोमा अहिलेसम्म २ हजार ६ सय मत गणना भएको छ ।

त्यहाँ रास्वपाका तारा जोशीले अग्रता लिएका छन् । उनले १०५२ मत पाएका छन् ।

यस्तै, नेकपाका मानसिंह मालले ५३० र कांग्रेसका नैनसिंह महरले ५०८ मत पाएका छन् । नेकपा एमालेका चक्र स्नेहीले ३१६ मत पाएका छन् । डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो ।



















