खाेज्नुहाेस

बालेनले जेनजीहरूलाई एकजुट गर्न रक्षालाई दिए जिम्मेवारी

Image

काठमाण्डौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीहरूसँग मिलेर जाने प्रस्ताव अघि सारेका छन् । उनले आगामी फागुन २१ हुने निर्वाचनका लागि जेनजीहरूसँग मिलेर जाने सोच बनाएका हुन् । जसका लागि बालेनले जेनजी अभियन्ता रक्षा बमलाई जेनजीहरूलाई एकजुट बनाउने जिम्मेवारी दिएका छन् ।

navjiwan hospital

विचार मिल्ने, मत मिल्ने र आफूतिर आउन चाहने जेनजीहरूलाई एकत्रित गर्नका लागि आफूलाई जिम्मेवारी दिइएको बमले बताइन् । उनले भनिन्, ‘बालेन जीले जेनजीहरूलाई एकजुट बनाउने जिम्मेवारी मलाई दिनुभएको छ । मत र विचार मिल्नेलाई एकजुट गर्ने प्रमुख दायित्व मेरो हुनेछ ।’

attariya hospital

बुधबार साँझ भएको छलफलमा बालेनलले बमलाई उक्त जिम्मेवारी दिएका हुन् । बालेनले आफू नेतृत्वको पार्टी बनाएर निर्वाचनमा जाने गृहकार्य अगाडि बढाएका छन् । उनले निर्वाचन आयोगमा दर्ता भएको दलमार्फत चुनावमा होमिने बताइएको छ । उनको चुनाव चिह्न ‘लौरो’ रहने उनले उल्लेख गरेका छन् ।