काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई हराउँदै प्ले अफमा पुग्ने दोस्रो टोली बनेको छ । योसँगै सुदूर लगातार तेस्रो संस्करणमा प्ले अफ पुगेको छ । शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिमले काठमाण्डुलाई ७ रनले हराउँदै प्ले अफमा स्थान बनाएको हो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ५५ बलमा २ छक्का र ५ चौकासहित ६० रन बनाए । यस्तै थरिन्दु रत्नायके २२ बलमा ३ चौकासहित अविजित २६ र आरिफ शेखले २५ बलमा १ चौकासहित १६ रन बनाए ।

काठमाण्डुका जहानदाद खानले ३ र सन्तोष यादवले २ विकेट लिए । यो जितसँगै सुदूरपश्चिम ७ खेलमा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित काठमाण्डु ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

















