खाेज्नुहाेस

गोदावरीमा तेस्रो जेवाईसी नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटामा तेस्रो जेवाईसी नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। ज्वालादेवी युवा क्लबको आयोजनामा बिहीबारदेखि सुरु भएको हो।

क्लबका अध्यक्ष महेश्वर भट्टको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा गोदावरी नगरपालिका–४ का वडाध्यक्ष हेमप्रकाश मल्ल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा वडासदस्यहरू शेरबहादुर घर्तिमगर, तारासिंह छेडाल, ईश्वरा नेपाली र रेश्मी देवी चौधरीको उपस्थिति रहेको थियो।

attariya hospital
navjiwan hospital

प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ १० टिम र वडा स्तरिय महिलातर्फको भलिबलमा ५ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। कार्तिक २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट खेल नकआउट प्रणालीमा खेलाइनेछ।

क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले ४१ हजार र द्वितीय हुने टिमले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, वडा स्तरिय महिला भलिबलतर्फ प्रथम हुने टिमले २१ हजार र द्वितीय हुने टिमले ११ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका–४ को वडा कार्यालय रहेको छ। बास्कोटा सामुदायिक वन उपभोक्ता समिति प्रायोजक तथा बास्कोटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र खैराना सामुदायिक वन उपभोक्ता समिति सहप्रायोजक रहेका छन्। कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्नेहरूमा सर्वोत्तम पेन्ट्स, दिपेन्द्र भट्ट, दिपेन्द्र प्रकाश मल्ल, इन्द्र मल्ल, किशोर जङ्ग मल्ल र खेम राज भट्ट रहेका छन्।