खाेज्नुहाेस

गजल

Image
चाङै चाङ छन् गुनासाहरूका, बेरेर राखेका
यादहरूका पहाडहरू छन्, फोरेर राखेका।
attariya hospital
वर्षौ भयो तिमी  सङ्ग मुलाकात नभएको
तिम्रा  कहानीहरू धेरै छन्, कोरेर राखेका।
थाहा छैन ! सुन्छौ कि सुन्दैनौ,खबर बुझिँदैन
सुनी दिए हुन्थ्यो,हातहरू छन्, जोरेर राखेका।
navjiwan hospital
अन्तिम यिनै हुन मेरा भनी, राखेर गएथ्यौ
तिमी बाहेक तिम्रा सबै छन्,छोडेर राखेका।
विश्वास लाग्दैन रत्ती भरी, तिमी गयौ भनेर
जहाँ भए पनि पक्कै होलाउ, हेरेर राखेका।
दशरथ ओझा
गोदावरी  – ४,वसन्तपुर   कैलाली