वर्षौं -वर्ष कारागार
लड्दै भिड्दै बारम्बार
भाको हुँ पार्टी सरदार
पंगा लिए खबरदार !
म ‘बा ‘ सरकार ।
राणा ढाले, पञ्चायती ढाले
ढाले राज – दरबार
बिउँ खोज्नु , निहुँ नखोज्नु
खोज्छौ भने खबरदार,!
त …लेन् सरकार ।।।
कम्मान सिंह साउद
सह-प्राध्यापक, त्रिपुरासुन्दरी क्याम्पस, अछाम