खाेज्नुहाेस

भोटेकोशी बाढीपछि टीकापुरबाट जलविद्युत आयोजनामा काम गर्न गएका सम्पर्कबिहीन

Image

टीकापुर – बुधबार विहान भोटेकोशीमा आएको बाढीले गरेको धनजनको क्षतिको खबरले टीकापुरको गाउँ—गाउँमा चिन्ता छाएको छ । टीकापुरबाट त्यहाँका जलविद्युत आयोजनामा काम गर्न गएका युवाहरु सम्पर्कविहीन भएपछि चिन्ता बढेको हो ।

उनीहरुमध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन् । टीकापुर नगरपालिका–१ समितिपुरबाट मात्रै त्यहाँ काम गर्न गएका दश जना युवा सम्पर्कविहीन छन् ।

attariya hospital
navjiwan hospital

सम्पर्कविहीन हुनेमा वीरबहादुर चौधरी, शनिसराम चौधरी, जुगराम चौधरी, शिवनारायण चौधरी, बादल चौधरी, दोर्जे भनिने भुवन चौधरी, खुसीराम चौधरी, मनिराम चौधरी, अन्तराम चौधरी र मानबहादुर चौधरी रहेका छन् ।

यहाँका युवाहरूलाई समितिपुरकै तुलाराम चौधरीले कामका लागि त्यहाँ लगेका थिए । युवा लैजाने ठेकेदार तुलाराम र भान्से दिलु चौधरी कोठामै रहेका बेला बाढी आएपछि भागेको र सुरुङमा काम गर्न पसेका युवाहरु सम्पर्कविहीन भएका हुन् ।

यस्तै टीकापुर नगरपालिका–१ एकतापुरबाट पनि नौ जना युवाहरू कामका लागि त्यहाँ गएका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले काममा गएकाहरुका परिवारसँग खोधिखोजी र समन्वय भइरहेको बताए ।