सानैमा काँधमा चढाएर,

संसारै देखाउनुभयो।
आज तिमी टाढा भए पनि,
मायाले बाँधिरहनुभयो।
बिच बाटोमै टाढा गयौ,
आँखा भरी तिम्रो तस्बिर।
मन भरी आशिष् राखिदिन्छौ,
सपना भरी तिम्रो समीर।

कठिनाइमा हात समाइ,
नडर भन्नु हुन्थ्यो।
आज पनि त्यो स्वर सम्झिँदा,
आगोभित्रै साहस दिन्छ।
जुनतारा जस्तै चम्किरहौँ,
माथिबाट हेरी रक्षा गर।
मेरो जीवनको हरेक कदम,
तिमीलाई अर्पण रहोस् सदा।
कवि विवेक शाहु मालिकार्जुन माध्यमिक विद्यालय धाप दार्चुलाका विद्यार्थी हुन्।


















