काठमाडौं – पल्सर मोटरसाइकलको २५ वर्षको यात्रा पूरा भएको अवसरमा बजाज ग्लोबलले ‘माई पल्सर स्टोरी’ नाम दिइएको विश्वव्यापी अभियान सुरु गरेको छ। यस अभियानमार्फत नेपालसहित विश्वभरका पल्सरप्रेमी, राइडर, क्लब र ग्राहकहरूले पल्सरसँगका आफ्ना अविस्मरणीय र वास्तविक अनुभवहरू सेयर गर्न सक्नेछन्।

प्रतिभागीहरूले भिडियो, सङ्गीत, एआई-आधारित सामग्री वा दृश्य कथा जस्ता जुनसुकै रचनात्मक माध्यम र भाषामा आफ्नो कथा प्रस्तुत गर्न पाउनेछन्।

सेप्टेम्बर ४, २०२६ सम्म सञ्चालन हुने यस अभियानमा साप्ताहिक विजेताहरूलाई ५०० अमेरिकी डलर बराबरको उपहार र नेपालसहित प्रत्येक सहभागी देशबाट एक जना भाग्यशाली विजेतालाई ‘पल्सर NS400Z’ मोटरसाइकल प्रदान गरिनेछ।
यस प्रतियोगितामा सहभागी हुनका लागि राइडरहरूले पल्सरसँगको कथा वा क्षण सामाजिक सञ्जालमा सेयर गर्दा ‘माई पल्सर स्टोरी’ ह्यासट्याग प्रयोग गरी ‘माई पल्सर अफिसिसयल’ र ‘पल्सर नेपाल’ लाई ट्याग गर्नुपर्नेछ। प्रतियोगितासम्बन्धी थप विवरण र नियमहरू ‘एचएच बजाज नेपाल’ को आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

















