खाेज्नुहाेस

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

Image

धनगढी –  कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

भजनी नगरपालिका–४ बिजुलियास्थित सडकमा मंगलबार दिउँसो खोपाबाट बिजुलियातर्फ आउँदै गरेको से.१ प ७२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

attariya hospital
navjiwan hospital

दुर्घटनामा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१२ की ५६ वर्षीया गुरहनिया चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको सिएस अस्पताल सुख्खडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।