खाेज्नुहाेस

कैलालीमा दुई यात्रुवाहक सवारी ठोक्किँदा सातजना घाइते

Image

धनगढी – कैलालीको मोहन्याल गाउँपालिका– ७, कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक सवारी एक–आपसमा ठोक्किँदा सात यात्रु घाइते भएका छन् ।

navjiwan hospital

लम्कीबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

attariya hospital

दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सातजना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि लम्की पठाइएको प्रहरीले जनाएको छ । बसमा सवार अन्य २७ जना सकुशल रहेका छन् ।

दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।