खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट लागू औषध सहित ५ जना पक्राउ

Image
file photo

अत्तरिया – कैलाली कञ्चनपुरमा लागू औषध सहित ५ जना पक्राउ परेका छन् । मंगलबार कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको बेलौरीबाट लागू औषध सहित उनीहरू पक्राउ परेका हुन ।

धनगढी उपमहानगरपालिका – २ विशालनगरबाट ९४ मिलिग्राम लागू औषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्थानीय ३५ वर्षीय योगेश पाल र ४३ वर्षीय सुवास हमाल रहेका छन् । अस्थायी प्रहरी पोस्ट विशाल नगर, कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

attariya hospital
navjiwan hospital

यस्तै टीकापुर नगरपालिका – १ खडकचोकबाट ६७० मिलिग्राम लागू औषध खैरो हिरोइन सहित गोदावरी नगरपालिका – ७ का २३ वर्षीय मीन रावल पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस्तै धनगढी उपमहानगरपालिका – ३ मिलन चोकबाट लागू औषध स्पास २४० ट्याब्लेट सहित धनगढी उपमहानगरपालिका – १२ जुगेडा का १९ वर्षीय बिर्ख बहादुर नेपाली पक्राउ परेका छन् । उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

उता बेलौरी नगरपालिका – १ खल्ला पिपल चौताराबाट लागू औषध खैरो हेरोइन ५५० मिलिग्राम सहित पुनर्वास नगरपालिका – ३ राम बस्तीका १९ वर्षीय निशान्त तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले सुप प्र.०१–०१२ प ७४८ नम्बरको मोटरसाइकलमा सहित पक्राउ गरेको हो ।