नारीलाई कमजोर नसम्झ, आकाश जस्तै अटल छिन्

पीडा लुकाएर मुस्कान दिन्छिन, पत्थरभित्रको कमल छिन्।

गर्भमा संसार बोक्ने, पीडामा पनि अडिने,
अन्धकारमा ज्योति जलाउने, आशाको बाटो देखाउने।
नारीलाई कमजोर नसम्झ शक्ति उनको आत्मामा
सपना, त्याग, प्रेम मिसिएको, उनको नाम सम्मानमा।
गर्भमा संसार पालेर, आफूभित्र बाटो खोल्छिन्,
आफ्नो सपना र असितत्वका लागि मृत्यु आँखा खोल्छिन।
दुःखको पहाड उठाएर मुस्कानको बत्ती बल्छिन्
रगतको थोपा थोपा बाट विजयको रङ्ग हाल्छिन्।
रगत,पसिना, आँसुमा संसार फुलाइदिन सक्ने,
दुःखका पहाड टेकेर पनि हाँसी जीवन जिइदिन सक्ने।
कोमल निर्दयभित्र अटल साहस बगिरहेको छ,
नारीलाई कमजोर भने, विचार नै गलत भइरहेको छ।
कवि : उर्मिला धामी (विद्यार्थी,दार्चुला बहुमुखी क्याम्पस)


















