म नबोल्दा पनि बुझिदिने
एक मात्र भाषा — तिमी हौ आमा।

मेरो मौनतामा लुकेको वेदना
तिमीले आँखाबाट पढ्ने कला सिकेको छौ।
म हाँस्दा लुकेको पीडा,
र म रुँदा नलुकाएको डर —
सबै थाहा हुन्छ तिमीलाई,
किनभने तिमी हौ, जुन मेरो मुटु भित्रै बस्छौ।
मेरा हर असफलताको छायाँमा
तिमी बनिन्छौ मेरै लागि ढाल,

र सफलताको उज्यालोमा पनि
तिमी उभिन्छौ, तर सधैँ एक कदम पछाडि।
कुनै किताबले नलेखेको शिक्षा,
कुनै गुरुले नदिएको सहनशीलता —
तिमीले दिएरै सिकायौ,
साँचो माया के हो भनेर।
म नबोल्दा पनि बुझिने,
म रोएर थामिए पनि थाम्न सक्ने —
तिमी हौ आमा,
मेरा सबै भावनाको शाश्वत उत्तर
कवि: जानकी महर
विद्यार्थी, दार्चुला बहुमुखी क्याम्पस


















