धनगढी – बैतडी समाज कैलालीले विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तित्वलाई सल्लाहकारको जिम्मेवारी प्रदान गरेको छ। समाजले बैतडी घर भई हाल कैलालीमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका विज्ञहरूमध्ये डा. शिवराज भट्ट, डा. नरबहादुर मौनी, गजेन्द्रबहादुर चन्द, मदन बिष्ट र प्रकाश चन्द्र भट्टलाई सल्लाहकार सदस्यमा नियुक्त गरेको हो।

यस्तै, वरिष्ठ अधिवक्ता प्रयागराज भट्टलाई कानुनी सल्लाहकार तथा शिवराज भट्टलाई प्रेस सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको समाजका महासचिव लोकेश भट्टले जानकारी दिए।

महासचिव भट्टका अनुसार समाजले संस्थागत गतिविधिलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वलाई सल्लाहकारको भूमिकामा नियुक्त गरेको हो।


















