खाेज्नुहाेस

बेलौरीमा अवैध रुपमा भित्र्याईएका डेढ क्विन्टल बढी माछा नष्ट गरियो

Image

बेलौरी– बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद गरि नष्ट गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– १० सडकघाटबाट अबैध रुपमा भारतबाट ल्याउदै गरेका माछा वेवारिसे अवस्थामा बरामद गरेको हो ।

navjiwan hospital

ईलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाको संयुक्त गस्ती टोलीले सडकघाटबाट ८० किलो बैखा माछा बरामद गरेको थियो । बरामद गरिएको माछा प्रहरी चौकी भुडामा ल्याई स्थानीय र जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

त्यस्तै शनिबार दिउसो नै सडकघाटबाटै ईलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बल नेपाल बिओपी पचुँईको सयुक्त गस्ती टोलीले मोटरसाइकल सहित ८० किलो माछा बरामद गरेको थियो । उक्त माछाहरु पनी खाल्डोमा हालेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।