खाेज्नुहाेस

सरकारी टोली अनशनरत डा. केसीसँग वार्ता गर्दै

Image

धनगढी – कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसीसँग सरकारी टोलीले वार्ता सुरु गरेको छ । वार्ता गर्न शिक्षा र स्वास्थ्य सचिवसहित प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारको सहितको टोलीले डा. केसी सँग वार्ता गरिरहेको हो ।

वार्तामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणी पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र सांसद पुकार बम सहभागी छन ।

attariya hospital
navjiwan hospital

शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा शनिवार समेत शिक्षा सचिव पौडेल धनगढी पुगेका थिए । आइतबार पनि मन्त्री पोखरेलको समन्वयमा सरकारी टोली डा. केसीसँग वार्ताका लागि धनगढी पुगेको हो ।

शिक्षामन्त्री पोखरेल स्वयम्ले पनि डा. केसीसँग उनको टेलिफोन संवाद गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ । सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ । धनगढीमा २४औँ सत्याग्रह गरिरहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि शनिवार दिउँसो सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

डा. केसीले गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्ति खारेज गर्नुपर्ने लगायतका माग राखेर बिहीबारदेखि अनशन सुरु गरेका छन् ।