खाेज्नुहाेस

खगराज भट्टको मुख्यमन्त्री बन्ने बाटो क्लियर

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले गर्ने लगभग निश्चित भएको छ । केन्द्रमा नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एमाले० बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट बन्ने भएका छन् ।

navjiwan hospital

डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र ९क० बाट निर्वाचित भट्ट २०७९ सालको निर्वाचनमा १२ हजार ११२ मत प्राप्त गर्दै विजयी भएका थिए । हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह ले गरिरहेका छन्। उनी एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थिए । तर आर्थिक वर्ष २०८३÷०८४ को बजेटलाई लिएर विवाद चुलिएपछि एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

attariya hospital

संविधानअनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यही विषयमा दलका नेताहरूसँग छलफल गर्न मुख्यमन्त्री शाह हाल काठमाडौँमा छन् । उनले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा अन्तिम निर्णय गरिसकेका छैनन् ।

केन्द्रमा शीर्ष तहमा भएको राजनीतिक सहमतिसँगै सुदूरपश्चिममा पनि नयाँ सत्ता समीकरण स्पष्ट बनेको छ । एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने सहमति गरेसँगै प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ ।