अत्तरिया – कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा कृष्णपुर नगरपालिकाले सरसफाइ गरेको छ । आइतबार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा नगर प्रहरी विभिन्न विद्यालयका विद्यार्थी र स्थानीयको टोलीले सरसफाइ गरेको हो ।

कृष्णपुर नगरपालिकाका नगर हेमराज ओझाको नेतृत्वमा खटिएको टोलीले विश्वविद्यालय परिसरमा रहेका झाडी हटाउने, घाँस काट्ने, मैदान सफा गर्ने तथा जमिन सम्म्याउने काम गरेको थियो । सरसफाइ अभियानका लागि डोजर, ट्याक्टर लगायतका उपकरणसमेत समेत प्रयोग गरिएको थियो ।

विश्वविद्यालय प्रशासनको आह्वान पछि आफूहरू सरसफाइ कार्यक्रममा सहभागी भएको नगरप्रमुख हेम राज ओझाले बताए । उनले विश्वविद्यालयमा एमबिबिएस पठनपाठन सञ्चालनको तयारी भएकाले आफूहरू उत्साहित भएर सरसफाइमा सहभागी भएको बताए । उनले विश्वविद्यालय सञ्चालनको तयारी रहेका बेला पदाधिकारी चलाउने कुराले यसमा विलम्ब हुन सक्ने भएकाले तत्काल विश्वविद्यालय सञ्चालन गरेर पदाधिकारी माथि पनि छानबिन गर्नुपर्ने बताए ।



















