अछाम – नेकपा एमाले अछामको अध्यक्षमा शिव प्रसाद उपाध्यायचयन भएका छन । ९औं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

यस्तै अधिवेशनबाट तिलक कुवर उपाध्यक्ष, हिरण्ड भट्टराई सचिव, टोपबहादुर शाही र गौमती शाही उपसचिव चयन भएका छन । अन्य ३१ जना सदस्यमा चयन भएका छन ।

गत शनिबार पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले ९ औं अधिवेशनको उद्घाटन् गरेका थिए ।