अत्तरिया – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीका २ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

तराई –मधेस हुलाकी मार्ग जागरण अभियानका क्रममा कैलाली पुगेका प्रचण्डले अनाथ तथा सहिद परिवारका २ बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेका हुन ।

मंगलबार भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माविमा आयोजित शैक्षिक कार्यक्रमका क्रममा प्रचण्डले अल्पसङ्ख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन् ।
उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

















