खाेज्नुहाेस

एमाले अछामको नेतृत्व चयनमा जुटेन सहमति

Image
navjiwan hospital

अछाम – नेकपा एमाले अछामको नयाँ नेतृत्व चयनमा सहमति जुट्न सकेको छैन । आकांक्षी बढी हुँदा नयाँ नेतृत्वमा सहमति जुट्न नसकेको हो । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, अछाम इन्चार्ज झपड बोहरा र नेता कमल तिमिल्सिना लगायत नेताहरु आकांक्षीबीच सहमति जुटाउने प्रयासमा छन् ।
‘हिजोदेखि नै सहमतिका लागि छलफलमा छौँ । तर सहमति जुटेको छैन,’ एक नेताले भने, ‘पालिकाबाट भूगोल क्लष्टरबाट जिल्ला कमिटीमा आउने सदस्यमध्ये ३ पालिकाको लगभग टुंगो लागेको छ ।’
ती नेताका अनुसार अध्यक्षसहित अन्य पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमति जुट्न नसकेको हो । एमाले अछामको ९ औँ जिल्ला अधिवशेन अन्तर्गत निर्वाचन कमिटीले आइतबार निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।
कार्यतालिकाअनुसार सोमबार उम्मेदवारी दर्ता, दाबी विरोध र अन्तिम नामावली प्रकाशन र १६ गते दिउँसो ३ बजे मतदान छ । तर निर्वाचन कार्यतालिकाअनुसार सोमबार उम्मेदवारी दर्ता भएन ।