अत्तरिया – बाह्रवन साझेदारी वन उपभोक्ता समूहका दलित सदस्य पदका उम्मेदवार बाजी कामीले आफू डण्डीराज सुवेदी टिमको भएकाले अरू टिममा नाम नराख्ने आग्रह गरेका छन् । उनले अरू टिममा पनि आफ्नो नाम राखेर प्रचार गरिएको भन्दै अरू टिमबाट नाम हटाइदिन आग्रह गरेका हुन ।
वैशाख ११ गते हुने निर्वाचनका लागि तीन जना अध्यक्ष पदका उम्मेदवार चुनावी मैदानमा छन् । दलित सदस्य पदमा भने २ जनाको मात्रै उम्मेदवारी परेकाले आफ्नो नाम अर्को टिमले पनि आफ्नोमा राखेर प्रचार गरिएको पाइएकाले त्यसो नगर्न उनले आग्रह गरे ।
निर्वाचनमा सुवेदी सहित वीर बहादुर चोखाल, टेक बहादुर बुढा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा छन् ।


त्यस्तै तीन जना महिला सदस्यका लागि ७ जना, एक जना मधेसी सदस्यका लागि २ जना, एक जना जनजाति सदस्यका लागि ३ जना, एक जना आदिवासी सदस्यका लागि पनि ३ जना र ५ जना खुला सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका छन् ।
भिडियो
