खाेज्नुहाेस

कांग्रेस कैलाली प्रवक्ता भट्टद्धारा राजीनामा

Image

अत्तरिया – नेपाली कांग्रेस कैलालीका प्रवक्ता प्रेमराज भट्टले पदबाट राजीनामा दिएका छन् । कैलाली जिल्ला समितिमा कान्छो जिल्ला सदस्यमा निर्वाचित भएर प्रवक्ताको जिम्मेवारी सम्हालेका भट्टले पार्टीका सबै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन । उनले नयाँ वर्ष नयाँ सोच नयाँ संकल्प नयाँ अठोट शीर्षकमा सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै राजीनामा दिएका हुन ।

उनले लेखेका छन् ‘म निस्वार्थ समाज सेवा गर्ने मान्छेले व्यक्ति बनाउने राजनीति नै गर्नु पर्छ जस्तो लागेन । मलाई विश्वास गरी लोकप्रिय मतका साथ कैलाली जिल्लाको कान्छो जिल्ला सदस्यको रूपमा जिताउन मतदान गर्ने सबै मतदान प्रतिनिधि र तपाईँले विश्वास गरी प्रबत्ताको जिम्मेवारी दिनु भयकोमा तपाई लगायत सबै प्रति आभार र धन्यवाद व्यक्त गर्दै आजका मिति बाट नेपाली कांग्रेसको सबै जिम्मेवारी बाट राजीनामा गरेको जानकारी गर्दछु ।’

attariya hospital
navjiwan hospital

उनले विगत १८वर्ष देखि नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेस पार्टीको साधारण सदस्यता लिई निराश र बेरोजगार भएर बिदेसिन बाध्य भएका नेपाली जनतालाई स्वदेश मै व्यवसाय गरी आत्मनिर्भर बनाइ आसाको प्रत्याभूत गराउन सकिन्छ कि भनेर निस्वार्थ भावले राजनीतिमा लागेको भए पनि नेतालाई नेतृत्वमा पुगाएर विलासिताको जीवन जिउनको लागि मात्र हामीले राजनीति गरिदिनुपर्ने भएपछि राजीनामा दिएको बताएका छन् ।

‘मैले मेरो १८ वर्षको राजनीतिक जीवनमा कहिल्यै पनि राजनीतिबाट पद, पैसा र प्रतिष्ठा बनाउनुपर्छ सोचेन सोचे त केबल देश विकास र जनताको जीवनमा सुधारात्मक परिवर्तन गर्न स्वदेश मै रोजगारी सृजना गरी देशलाई समृद्ध बनाउन सकिन्छ कि ! अपसोच यी सबै गर्नलाई त व्यक्ति पहिला आफू स्वार्थ भन्दा माथि हुनुप¥यो नि ! आफ्नो स्वार्थको लागि देश र जनताको नाम बेचेर राजनीति गर्नेहरू बाट यी सबै व्यर्थ रैछ’ उनले लेखेका छन् ‘समाजमा कुनैपनी किसिमको सकारात्मक सुधार गर्न नसक्ने भएपछि राजनीतिको कुनै पनि पदमा बसिरहन मलाई मेरो नैतिकताले दिएन मैले अहिले गरिरहेको राजिनीतीले म आफू बनुँला तर देश र जनताको लागि केही गर्न सक्दैन भन्ने मेरो ठहर हो । त्यसैले जुन लक्ष्य बोकेर राजनीति गरे त्यो पूरा गर्न नसक्ने भय पछि मैले आफू राजनीतिको कुनै पनि पदमा बसिरहन मलाई मेरो नैतिकताले प्रश्न गरिरह्यो ।’