केही अराजक झुण्डलाई पुर्व राजाले प्रयोग गरे : एमाले महासचिव पोखरेल

धनगढी– नेकपा एमालेका महासचिव शंकर पोखरेलले केही अराजक झुण्डलाई पुर्व राजाले प्रयोग गर्न खोजेको बताए । शुक्रबार  कैलालीको धनगढीमा एमालेको केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै उनले राजाका पालाको काम र अधिकार सगं अहिलेका अधिकार तुलना गर्न उनले आग्रह गरे ।

Karma Consultancy

राजा फर्काउने भन्दै हुने आन्दोलन अराजगताको भिड रहेको बताउँदै उनले सो भिडको नेतृत्व गर्नेलाई आवश्यक कार्वाही हुने दावी गरे । उनले धनगढी क्षेत्रमा बनेका सडक एमालेकै सरकारको पालामा शुरु भएको बताए । केपी ओली प्रधानमन्त्री भएको बेला सघन सहरी विकास आयोजनाका रुपमा केही कार्यक्रम अगाडि बढाइएका थिए । त्यसैको परिणमले धनगढी शुन्दर बन्न लागेको उनले बताए ।

citizen security services

उनले काठमाडौंको तीनकुनेमा आतंक मच्चाउने योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको बताए । महासचिव पोखरेलले दुर्गा प्रसाईँप्रति इंकित गर्दै यस्तो बताएका हुन् ।

attariya hospital

‘पूर्वराजा ज्ञानेन्द्र शाहले जनकमान्डर बनाएका, समाजमा आतंक सिर्जना गर्न, उत्पात मच्चाउन र लुटपाट गर्न योजना बनाउने योजनाकारलाई भारतमा लुकेको अवस्थामा प्रहरीले खोजतलास गरेर ल्याएको छ,’ उनले भने, ‘ती योजनाकारलाई आज हतकडी लगाएर कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भएको छ ।’ महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको बताए ।

राजा फकाउँछौँ भन्नु र बिरेन्द्र शाहको बन्स फकाउँछौँ भन्नु एउटै

बिशेष सभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावालीले राजा फकाउँछौँ भन्नु र बिरेन्द्र शाहको बन्स फकाउँछौँ भन्नु एउटै रहेको बताए ।

उनले केही मण्डलेहरु भएको बिकासलाई समेत पछाडी धकेल्ने कुचेस्टाका साथ राजाका कुरा गरिरहेको भन्दै त्यो नेपाली जनताले स्वूकार्न नसक्ने दावी गरे । राजाको शासन र जनताको शासन बिच तुलना गर्न आग्रह गर्दै उपाध्यक्ष ज्ञावालीले राजाले जनतामाथी दमन बाहेक केही नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.