खाेज्नुहाेस

नेपाल क्रिकेट टोलीको प्रशिक्षकमा स्टुआर्ट नियुक्त

Image

काठमाडौँ– नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुआर्ट ल नियुक्त भएका छन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुआर्टलाई दुई वर्षका लागि नियुक्त गरेको हो ।

navjiwan hospital

क्यानले दुई महिनाअघि भारतीय प्रशिक्षक देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो । देसाइको दुई वर्षे सम्झौता माघमा सकिएको थियो ।

attariya hospital

क्यानले गत फागुन ३ गते मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो । क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । जसबाट स्टुआर्ट अन्तिममा छनोट भएका हुन ।

उनी यसअघि श्रीलङ्कका, बङ्गलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बङ्गलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसका छन । अस्ट्रेलिया सन् १९९६ को विश्वकपमा उपविजेता बन्दा उनी टोलीका महत्वपूर्ण खेलाडी समेत थिए ।