बैतडी – बैतडीको पाटन नगरपालिकामा कार्यरत अनमीको निधन भएपछि शोक विदा दिइएको छ । पाटन नगरपालिका–३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएपछि आइतबार शोक बिदा दिइएको हो ।

केसीको फागुन २८ गते निधन भएको थियो । केसीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितकुमार पाण्डेयले आइतबार नगरपालिका मातहतका सबै कार्यालयहरु बन्द रहने बताए ।
















