डडेल्धुराको लगातार दोस्रो जित, सेमिफाइनल सम्भावना बलियो

धनगढी – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुराले लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा डडेल्धुराले बोष्टन क्रिकेट झापालाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो।

maya metro hospital

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको डडेल्धुराले १५ ओभरमा ३ विकेटको क्षतिमा १४३ रन बनायो। ओपनर आयुषमान बमले अविजित ५७ रन बनाए भने कप्तान सन्दिप जोराले ५१ रनको महत्वपूर्ण योगदान दिए। कुशल भुर्तेलले २१ रन जोडे।

citizen security services

१४४ रनको लक्ष्य लिएर मैदान उत्रिएको बोष्टन क्रिकेट झापा १५ ओभरमा ९ विकेट गुमाएर मात्र ६६ रन बनाउन सफल भयो। झापाका ओपनर सनम बुढाथोकीले १७ रन र दिपु भुजेलले १५ रन बनाए। बाँकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

attariya hospital

डडेल्धुराका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने अजय चौधरीले २ विकेट हात पारे। रवि बिष्ट, आवाज गौतम र कप्तान सन्दिप जोराले समान १–१ विकेट लिए।

५७ रनको अविजित पारी खेलेका आयुषमान बम ’नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.